दफा ६०
मापदण्ड, निर्देशिका वा कार्यविधि बनाउन सक्ने
(१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही मन्त्रालयले देहायका विषयहरुमा आवश्यकता अनुसार मापदण्ड, निर्देशिका वा कार्यविधि बनाउन सक्नेछः-
(क) रेडियोधर्मी स्रोत र सोसँग सम्बन्धित अभ्यास, क्रियाकलाप वा संयन्त्र
सञ्चालन तथा व्यवस्थापन,
(ख) अभ्यास, क्रियाकलाप वा संयन्त्र सञ्चालन तथा नियमन,
(ग) रेडियोधर्मी स्रोतको डिजाइन तथा स्रोत सञ्चालन,
(घ) रेडियोधर्मी स्रोत नष्ट गर्ने वा निष्क्रिय गर्ने,
(ङ) रेडियोधर्मी फोहरमैला व्यवस्थापन,
(च) रेडियोधर्मी स्रोतको निकासी, पैठारी तथा ढुवानी,
(छ) रेडियोधर्मी स्रोतको सुरक्षा र संरक्षण।
(२) उपदफा (१) बमोजिमका मापदण्ड, निर्देशिका वा कार्यविधि सर्वसाधारणको जानकारीको लागि नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।